काठमाडौं । सांसद् एकवाल मियाँले आगामी बजेटमा प्रदेश नम्बर १ र २ लाई विशेष प्राथमिकता दिँन माग गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले आगामी बजेट ती दुई प्रदेशमा विशेष गरी छुट्याउन आग्रह गरेका हुन् ।
सातमध्ये यी दुई प्रदेशहरुका जनता गरिबीको रेखामुनी परेका भन्दै उनले त्यसका लागि विशेष गरी बजेट परिचालन गर्न माग गरेका हुन् ।
यी प्रदेशका जनता गरिबीका रेखामुनी परेको, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत पछाडि परेको भन्दै उनले भने– ‘पहिलो प्राथमिकतामा राखेर यी प्रदेशमा बजेट छुट्याउनुपर्दछ ।’
उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रहरुमा समावेशी र समानुपातिक हिसाबले बजेट छुट्याउन समेत माग गरेका छन् ।
उनले निर्वाचन क्षेत्रमा बजेट जाँदा कुनै ठाउँमा ५० ६० वटा योजना जाने तर कुनै क्षेत्रमा भने जादैँ नजाने भने– ‘अािर्थक बर्षमा आउने बजेट १६५ निर्वाचन क्षेत्रलाई समानुपातिक समावेशी रुपमा बजेट छुट्यानुपर्छ ।
