काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले अागामी बजेटमा विशेष गरी चार वटा कुरामा ध्यान दिन सुझाव दिएका छन् । जनतालाई राेगबाट बचाउने, भाेकबाट बचाउने,राेजगारी दिने र अात्मनिर्भर तर्फ केन्द्रित गर्नुपर्ने बताए ।
राष्ट्रिय सभाको सोमबारकाे बैठकमा आर्थिक वर्ष ०७७-७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद् भुसालले जनतालाई राेग र भाेकबाट बचाउन स्थानीय तहलाई बलियाे बनाउनुपर्ने बताए । साेही अनुसार बजेट ल्याउनुपर्ने बताए ।
सरकारले केही गरेकाे छैन भन्नु गलत रहेकाे बताउँदै उनले भने- 'सुरुमा काेराेना संक्रमित देखिँदा हङकङ लगिएकाे थियाे, अहिले १९ ठाउँबाट काेराेना परीक्षण भइरहेकाे छ, हजाराैं क्वारेन्टाइन बनाइएकाे छ ।'
स्थानीय तहले हजाराैँ व्यक्तिलाई क्वारेन्टाइनमा राखेर सेवा गरेर स्थानीय तहले निकै राम्राे काम गरेकाे उनले बताए ।
राेजगारी दिन र अर्थतन्त्र बचाउन अागामी बजेट कृषि र पशुपालनमा केन्द्रित हुनुपर्ने बताए । कृषि उत्पादन बृद्धि, बजारीकरण, जडिबुटी तथा औषधि उद्योग र पर्यावरण संरक्षणमा बजेट केन्द्रित हुनुपर्ने बताए ।
कोरोना संक्रमण फैलिने खतरा बढेकोले स्वास्थ्यका पूर्वाधार विकास गर्न सरकारलाई सुझाव दिए । समाजवाद सम्बन्धि सरकारको बुझाइ गलत भएको उनले बताए ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको बुँदा नम्बर ७ मा उल्लेखित ‘सबै प्रकारका असमानताको अन्त्य गर्दे समाजवाद उन्मुख, आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने’ भन्ने सरकारको अवधारणा गलत भएको उनले बताए ।
समाजवाद निर्माण नगरि समाजका सबै खाले असमानताहरुको अन्त्य गर्न नसिकने उनले बताए ।
पहाडकाे माटाे बेचेर हाेइन पहाडमा सुन फलाउने याेजनासाथ विकासकाे अभियान अगाडि बढाउनुपर्छ र त्यसमा बजेट केन्द्रित गर्नुपर्ने बताए ।
