काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सदनको बैठकमा नआउनुको कारण जानकारी दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले सदनमा प्रधानमन्त्री ओली उपस्थित नहुनुको कारण स्पष्ट पार्न माग गरे ।
उनले भने–‘अधिवेशन सुरु भएदेखि हालसम्म प्रधानमन्त्री सदनमा देखिनु भएको छैन, के काममा व्यस्त हुनुहुन्छ ? सदनमा जानकारी गराउनुपर्याे ।’
प्रधानमन्त्री अाेलीले भावी प्रधानमन्त्री खाेजेकाे सुनिएकाे समेत बडुले बताए ।
उनले भने-' मिडियाबाट जानकारी भएअनुसार उहाँले आफ्नो उत्तराधिकारीका रूपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो, आफ्नो उत्तराधिकारी आफैंले तोक्नुपर्ने कुरा वर्तमान संविधान देखिएन, कुन संविधानको बन्दोबस्त हो ?'
प्रधानमन्त्री अाेली उत्तराधिकारी खाेज्न वा अरु के काममा व्यस्त छन् भन्ने तत्काल जानकारी दिन माग गर्दै उनले भने-'उहाँ के काममा व्यस्त हो ? सदन जान्न चाहन्छ ।'
