काठमाडौं । नेपाली बजारमा सामान्य धानको बिउको मूल्य कति रुपैयाँ पर्ला ? बर्दियामा धानको बिउको मूल्य निक्कै चर्को छ ।
सांसद् सञ्जय कुमार गौतमले बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा दिएको सूचना अनुसार बर्दियामा अहिले धानको बिउको मूल्य प्रतिकिलो ५ सय रुपैयाँ पर्दछ ।
'म किसानको छोरो, हिजोमात्र धानको बिउ मैले ५ सय रुपैयाँ किलोमा किनेको छू’, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उनले संसद्लाई सूचना दिए ।
सरकारले किसानलाई सहज र सुपथ मूल्यमा बिउ बिजन उपलब्ध नगराएकोमा उनले बैठकमा आक्रोश पोखे । अर्थमन्त्री जनताबाट अनुमोदन भएर नआएकाले जनताको भावना बुझ्न नसकेको उनको आरोप थियो ।
किसानलाई सहयोग गर्न उत्पादन खरिद गर्ने कार्यक्रम बनाउन सरकारलाई सुझाव दिए ।
नेपालको भू-भाग माथि भारत र चीनको समान दृष्टिकोण देखिएको उनले बताए । दुवैले नेपालको सीमा माथि अतिक्रमणको लागि समान धारणा बनाएको उनको भनाइ छ ।
