काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काेराेना परीक्षणकाे दायरा अझ बढाइने बताएका छन् ।
प्रतिनिधि सभाकाे शिक्षा तथा स्वास्थ्य समिति बैठकमा बाेल्दै मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाइने बताए ।
सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए ।
उपत्यकामा बिहीबारबाट नै काेराेना परीक्षण तीब्र पारिएकाे छ ।
मन्त्री ढकालले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई ५ जेठपछि घर पठाउने तयारी थालिएकाे समेत जानकारी गराए । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी र अन्यको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए घर पठाइने उनकाे भनाइ छ ।
उनले भने- ‘क्वारेन्टाइनमा बसेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ, ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’
