काठमाडौं । सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्मा पेस हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागेकी हुन् । संघीय संसद्काे संयुक्त बैठक अपराह्न ४ बजे बस्दैछ ।
राष्ट्रपतिले दुवै सदनकाे संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
सरकार अहिले काेराेनाविरुद्ध लडिरहेकाे छ । काेराेनाले अर्थतन्त्रदेखि धेरै कुरामा प्रभाव पारेकाे छ । त्यसैले सरकारकाे नीति तथा कार्यक्रम कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा केन्द्रित हुने बताइएको छ।
नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ । १५ जेठमा सरकारले आर्थिक वर्ष ०७७-७८ को बजेट ल्याउनेछ ।
