काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देशको अभियान’ सुरु हुने बताएकी छिन् ।
संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो अभियानका मार्फत स्नाकोत्तरका युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकाम सम्बन्धि काममा मुलुकभर परिचालन गरिने बताएकी हुन् । उनले आगामी वर्षमा नेपाललाई साक्षर नेपाल घोषणा गर्ने समेत बताएकी छिन् ।
स्वदेशमा नै विज्ञान र प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको अध्यापन गर्न सकिने विश्वविद्यालयको रुपमा मदन भण्डारी विश्वविद्यालय स्थापना र सञ्चालन गरिने उनले बताइन् । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइने उनको भनाई छ ।
साथै आगमी वर्षमा विद्युतीय माध्यमहरुको व्यवस्था मिलाई अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था समेत मिलाइने उनले बताइन् ।
त्रिविकोे संरचनात्मक क्षेत्रमा सुधार गरिने उनले बताइन् । साथै त्रिविलाई विशिष्टीकृत अनुसन्धान को केन्द्रका रुपमा विकास गरिने उनको भनाई छ ।
बालबालिकालाई विद्यालय ल्याउ र पढाइमा टिकाउ कार्यक्रमलाई थप प्रभावकारी बनाई कम्तीमा माध्यामिक तह पूरा गर्ने व्यवस्था मिलाइने उनले बताइन् ।
