काठमाडौं । प्रतिनिधि सभाका सांसद एवं नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले कोराना विरुद्ध लड्न संसदमा संकल्प प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
संसदको आइतबारको छलफलमा भागलिँदै रिजालले भने, ‘सँधै गर्ने काम पछि गरौँला । महामारीसँग जुध्न अहिले संसदमा एउटा संकल्प प्रस्ताव पारित गरेर अघि बढौँ ।’
सिंगो विश्व सहित नेपाल अनपेक्षित महामारीमा फसेकाले एक्ला एक्लै हिँडेर समस्या समाधान गर्न नसकिने उनले बताए । ‘हरेक क्षेत्रका मानिसहरु पटुका कसेर लाग्यो भने यो संकटबाट पार लाग्न सकिन्छ । यसो गर्यो भने सबैको हित हुन्छ’,संसदमा राष्ट्रपतिले प्रस्तुत गरेको नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै रिजालले भने ।
सरकारको नीति तथा कार्यक्रम माथि संसोधन प्रस्ताव राख्दै उनले नीति तथा कार्यक्रमको पुनर्लेखन गर्न माग गरेका छन् ।
