काठमाडौं । नेपाली कांग्रेका नेता एवं सांसद् डा.नारायण खड्काले आकस्मिक स्वास्थ्य योजना बनाउन सरकारसँग माग गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उनले कोरोना विरुद्ध लड्न आकस्मिक स्वास्थ्य योजना बनाउन ढिला भैसकेको बताएका हुन् ।
‘स्वास्थ्य लगायत लथालिंग भएको क्षेत्र सुधार्न ६ महिनाको लागि डेढदेखि २ अर्बसम्मको प्याकेज ल्याउँ’, बैठकमा बोल्दै खड्काले भने ।
नेपालको कार्यक्रम बनाउँदा विदेशको अर्थतन्त्रले पार्ने प्रभावलाई ध्यान दिनु पर्ने उनकाे भनाइ छ । त्यसो नगरे देशमा राजनीतिक अस्थिरता अउन सक्ने उनले चेतावनी दिएका छन् । यही अवस्थामा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने पनि उनले बताए ।
