काठमाडौं । नेकपा सांसद् भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) नेपाली जनाको भावना विपरित भएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसद् रावलले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै भने- ‘एमसीसी पास गर्न किन हतारो ।’
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सदनको जारी अधिवेशनबाट पास गरि कार्यान्वन्यमा ल्याउनु पर्ने बताएका थिए ।
उनले एमसीसी पास गर्नुअघि त्यसले पार्ने प्रभावको बारेमा गम्भिर हुन आग्रह गरे ।
रावलले सीमा सुरक्षाको विषयमा पनि सरकारलाई गम्भिर हुन सुझाव दिए ।
