काठमाडौं । पूर्व अर्थमन्त्री एवं सांसद् ज्ञानेन्द्र कार्कीले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई सत्तारुढ दलको आन्तरिक विवादको विषय नबनाउन आग्रह गर्नु भएको छ ।
सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सोमबार भाग लिँदै सांसद् कार्कीले भन्नुभयो,‘यसलाई सत्तारुढ दलको आन्तरिक विवादको विषय नबनाअाैं, सदनमा प्रस्तुत गरेर व्यापक छलफल होस् ।’
कालापानी नेपालको भूमि भनेर मात्रै नहुने भन्दै उहाँले यसको समाधानको लागि कुटनीतिक पहल गर्नु पर्ने बताउनुभयो । समस्या समाधानका लागि अहिलेसम्म भएका प्रयासबारे सदनमा जानकारी गराउन समेत उहाँले माग गर्नुभयो ।
