काठमाडौं । सदनकाे बैठक चलिरहेका बेला सांसद्हरु निदाएका तस्विरहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।
सांसद् शरद सिंह भण्डारीले सदनकाे बैठकमा आफू निदाएको खुलासा गरे ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रममाथि मा टिप्पणी गर्दै सांसद् भण्डारीले भने, ‘सरकारको नीति तथा कार्यक्रम याति लामो आयो कि सदनमा सुन्दासन्दै हामी निदायौँ, म पनि निदाएँ ।’
सरकारको नीति तथा कार्यक्रम लामो र भद्दा भएको भण्डारीले जिकिर गरे ।
उनले भने- ‘यस वर्ष सरकारको नीति तथा कार्यक्रम २ लाइनको मात्र आउनु पर्थ्याे, कोरोना रोक्न सरकार तयार छ, यसका लागि सबै काम गर्न सरकार तयार छ, यस वर्ष नभएका काम अर्काे वर्ष निरन्तर हुन्छन्, त्यति भनेको भए नीति तथा कार्यक्रम पुरा हुन्थ्यो ।’
