काठमाडौं । नेकपा सांसद् खिमलाल भट्टराईले मुलुकको आवश्यकता अनुसार सरकारकाे नीति तथा कार्यक्रम अाएकाे बताउनुभएकाे छ ।
राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् भट्टराईले नीति र कार्यक्रमले राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको बताए । सरकारले यसअघि भनेका र देखाएका सपना पूरा गरेको भन्दै उहाँले नेपाल सरकार अग्नि परीक्षामा खरो उत्रिएको र पास भएकाे बताउनुभयाे ।
सरकारले कयौं विकास निर्माणका काम सँगै समाजवाद प्रति प्रतिवद्धता जनाएको, राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै उहाँले नीति तथा कार्यक्रमको प्रशंसा गरे । तुइन विस्थापित गर्छु भन्दा धेरैले खिसीट्युरी गरेकाे भन्दै उहाँले अहिले सरकारले तुइन विस्थापित गरेकाे बताउनुभयाे ।
सांसद् भट्टराईले नीति तथा कार्यक्रमले अहिलेको राष्ट्रिय आवश्यकता र जनताको आवश्यकतालाई सम्बोधन गरेको बताए । सर्वोपरी हित प्रवर्द्धनका विषयलाई समेटिएकाले जनताको हर्षका आँशु नीति तथा कार्यक्रममा देख्न सकिने समेत बताउनुभयाे ।
प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रममा सपना बाँडेको भनी गरेको टिप्पणीको जवाफ दिँदै सांसद भट्टराईले भन्नुभयो - 'प्रतिपक्षीले भनेजस्तै सपना हो । किनकी यो सपना राष्ट्र र जनताको आवश्यकता पनि हो, हामीलाई कहिलेकाहीँ लाग्थ्यो लोडसेडिङमुक्त होला भनेर अहिले त्यो सपना पूरा भएको छ, हिजो सडकमा नागरिक बेवारिसे अवस्थामा हुन्थे आज सडक मानवमुक्त भएको छ यो सपना थियो अाज पूरा भएको छ ।'
देश तुइनमुक्त र खुला दिशामुक्त भएको, काठमाडौंका सडक चिल्ला र खाल्डाखुल्डीरहित भएको बताउँ उहाँले सपना देखाउनेसँग प्रतिबद्धता भए पूरा हुन्छन् भन्ने उदाहरण नीति तथा कार्यक्रमले समेटेको दाबी गर्नुभयो ।
भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै निन्दा समेत गर्नुभयाे ।
