काठमाडौं । नेकपा सांसद् कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफूमाथि लागेको सांसद् अपहरणको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसद् अपहरणमा संलग्नि भएको प्रमाणित भए सबै सांसद्को अगाडि झुण्डिएर मर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही साता अगाडि यहाँ सांसद्न अपहरणका कुरा आए र म लगायत माननीय महेश बस्नेत समेतको चरित्र हत्या गर्ने काम भयो, सम्पूर्ण माननीयलाई साक्षी राखेर म भन्छु, अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु ।’ उनहाँले थप्नुभयो, ‘के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ।’ सांसद डा सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरि काठमाडौं ल्याएको भन्दै जनता समाजवादी पार्टीका सांसद् डा बाबुराम भट्टराई लगायतले सांसद श्रेष्ठ, महेश बस्नेत र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा कुनै प्रमाण नभएको भन्दै तामेलीमा राखिएको छ ।
सांसद् श्रेष्ठले भन्नुभयो -अपहरणको आरोप प्रमाणित गरेर देखाउनुस्
काठमाडौं । नेकपा सांसद् कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफूमाथि लागेको सांसद् अपहरणको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
