काठमाडौं । नेकपा सांसद् महेश वस्नेतले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम उत्कृष्ट रहेकाे बताउनु भएकाे छ ।
प्रतिनिधि सभा बैठकमा आगामी अार्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलम बोल्दै सांसद् वस्नेतले अहिलेको चुनौतीसँग सामाना गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।
कोरोना विरुद्धको लडाईं कसैले कसैलाई अारोप प्रत्यारोप नगरि लड्नु पर्ने उहाँकाे भनाइ छ ।
अहिले विश्वभरको अर्थतन्त्र ऋणात्मक भएकोे अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएको उहाँले बताउनुभयाे । बस्नेतले भन्नुभयाे - ‘सबै क्षेत्र धरासयी भएको छ यही कारण सरकारले कृषि क्षेत्रमा पाँच लाखलाई रोजगारी दिने भनेको छ, १३ लाख रोजगारी कृषिमा दिने लक्ष्य सरकारकाे लक्ष्य छ ।’
सञ्चार उद्योग र औद्योगिक क्षेत्र धरासायी भएकाले त्यसलाई सहयोग गर्ने गरी सरकारको नीति तथा कार्यक्रमा ल्याएको उहाँले बताउनु भयो । । उहाँले भन्नुभयाे - ‘सरकारले रेल, स्मार्ट सिटीसम्मका कार्यक्रम ल्याएकाे छ,सबै कुरालाई एमसीसीसँग नजोडौँ ।’
नीति तथा कार्यक्रमको सारपक्षलाई बुझ्न नसकेर सरकारकाे अालाेचना गरिएकाे उहाँले बताउनुभयाे ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई फिर्ता ल्याउने कुरा सरकारको नीति तथा कार्यक्रममा समावेश हुनु स्वागत योग्य भएको उहाँले बताउनुभयो ।
भारतीय नाकाबन्दीको समयमा सरकारले लिएको अडान अहिले पनि कायम रहेको उहाँकाे भनाइ छ ।
एमसिसिको गलत व्याख्या नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो ,‘एमसिसि नेपालको हितमा भएकोले यसमा विवाद नगरौँ । एमसिसि नेपालको आवश्यकता हो ।’ सरकारको नीति तथा कार्यक्रमको सार पक्षलाई राम्रोसँग बुझ्न उहँले विपक्षीलाई आग्रह गर्नुभयो ।
