काठमाडौँ । प्रतिनिधि सभाका सांसद् गगनकुमार थापाले कोरोनाको संक्रमणबाट नेपालीलाई जोगाउन नसके राष्ट्रलाई पनि जोगाउन नसकिने बताउनु भएको छ । संसद्को सोमबारको छलफलमा भाग लिँदै थापाले सिमा र विदेशमा अलपत्र परेका नागरिकलाई जोगाउन नसके नेपाल राष्ट्र जोगाउन नसकिने बताउनु भयो । ‘राष्ट्रियता भनेको माटो मात्र हैन, मान्छे पनि हो । मान्छे जोगाउन नसक्नेले माटो जोगाउन सक्दैन’, उहाँले भन्नुभयो । सरकारको नीति तथा कार्यक्रम महत्वकाँक्षी भएको बताउँदै उहाँले यसले देशलाई दुर्घटनामा लैजाने बताउनु भयो । ‘नागरिकको खल्ती खालिहुँदा घरको खुत्रुक्के मात्र हैन देशका ढुकुटी पनि खालि भएको छ’, थापाले भन्नुभयो । यस्तै शैली र तयारीमा सिमित हुने हो भने मर्ने मानिसको संख्या गन्न नसकिने अवस्था आउने बताउँदै थापाले बेलैमा सतर्क र सचेत हुन आग्रह गर्नुभयो ।
गगन थापाको निष्कर्ष : मान्छे जोगाउन नसके राष्ट्र जोगाउन सकिदैन
काठमाडौँ । प्रतिनिधि सभाका सांसद् गगनकुमार थापाले कोरोनाको संक्रमणबाट नेपालीलाई जोगाउन नसके राष्ट्रलाई पनि जोगाउन नसकिने बताउनु भएको छ । संसद्को सोमबारको छलफलमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
