काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले यो सरकारको नीति तथा कार्यक्रम यथार्थ धरातलमा उभिएर आएको बताउनु भएको छ । सरकाको नीति कार्यक्रमको आलोचना गर्नुको अर्थ नभएको उहाँकाे भनाइ छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा बोल्दै शर्माले ‘सरकारको नीति तथा कार्यक्रममा कोरोनाको प्रभावलाई विश्लेषण गरेर आएको बताउनुभयो । ‘त्यसैले यो यथार्थताको धरातलमा उभिएर आएको छ’, उहाँले भन्नुभयो ।
कोराना महामारी अहिलेसम्मको विश्वकै राजनीतिक र आर्थिक संकटको रुपमा आएको उहाँले बताउनुभयो । ‘केवल नेपालमा मात्र हैन यो संसारभर आएको छ । सरकारको नीति तथा कार्यक्रमले यसलाई विष्लेषणगरी योजना बनाएको छ ।'
महामारी, आर्थिक संकट र राष्ट्रियाताको चुनौती अहिलेको नेपालको प्रमुख चुनौति भएको उहाँले बताउनु भयो । ‘हामी सबै एकै ठाउँमा उभिएर मात्र यसको विरुद्ध लड्न सक्छौँ’ उहाँले भन्नुभयो ।
राज्यको पहिलो कर्तव्य जनतालाई बचाउनु भएको बताउँदै उहाँले सरकारले नीति तथा कार्यक्रममा कसैलाई पनि भोकै मर्ननदिने स्पष्ट पार्नु भयो । ‘अब आर्थिक संकट आउँछ, यसले बेरोजगारी र भोकमरी ल्याउँदै छ, यसको विरुद्ध लड्न सरकाको स्पष्ट नीति आएको छ’, शर्माले भन्नुभयो ।
उहाँले यो सरकारले राष्ट्रिय गौरव स्थापित गरेको बताउनुभयो । सरकार राष्ट्रियताको पक्षमा नागरिकले सोँचे जस्तैगरी उभिएको उहाँको भनाइ थियो ।
