काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नअाहाेस् भनेर सरकार गम्भीर रहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि उठेका विषयलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले भन्नुभयो - ‘कोरोनाका कारण देश जटिल अवस्थामा छ, हाम्रो प्रयास कोरोनाबाट कसैले पनि ज्यान नगुमाउनु परोस् भन्ने थियो । तर विभिन्न कारणले २ जनाको निधन भएको छ, यद्यपी कोरानाले भन्दा पनि अन्य रोगको जटिलताका कारण उहाँहरुको निधन भएको हुनसक्छ । ’
संक्रमण नफैलियोस् भनेर सरकारले सतर्कता र परीक्षण बढाउँने कुरामा ध्यान दिएको उहाँले बताउनुभयो । ‘क्वारेन्टाइन बढाउने र व्यवस्थित ढंगले आइसोलेशनमा राखेर उपचार गराउने कुरामा सरकारको ध्यान गएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
अहिले देशभरि क्वारेन्टाइनको साधारण क्षमता ५७ हजार ९ स ४ पुगेकोमा २३ हजार क्वारेन्टाइन उपयुक्त भएका र बाँकीको गुणस्तर सुधार गर्नु पर्ने उहाँले बताउनुभयो ।
नेपालमा अहिलेसम्म ३ सय ७७ देखिएको बताउँदै यो अझै बढ्न सक्ने उहाँले बताउनुभयो । अहिलेसम्म बाहिरबाट आएका बाहेक समुदायमा कोरोना सारेको संख्या नेपालमा न्यून भएको प्रधानमन्त्रीले बताउनुभयो ।
उहाँलेे भन्नुभयाे - ‘अहिले भारतबाट संक्रमण लिएर आउनेको संख्या अति धेरै छ, यो अवस्था अलि गम्भिर बन्ने र समुदायमा संक्रमण फैलनसक्ने कुरा प्रति हामी सजक हुन आवश्यक छ ।'
प्रधानमन्त्री ओलीले नेपालमा चीन, ईटाली, र बेलायतबाट सरेका भाइरस नरम देखिएपनि भारतबाट सरेकोे कडा भएको बताउँनुभयो ।
अहिले विश्व हल्लाएको कोरोना भाइरसले नेपालमा पनि सताएको उहाँको भनाइ छ । प्रयास गर्दागर्दै पनि बाहिरबाट आउने मानिसलाई रोक्न नसकिएकाले कोरोना मुक्त घोषणा गर्न नसकिएको प्रधानमन्त्रीले ओेलीले बताउँनुभयो ।
उहाँले भन्नुभयो– ‘जनप्रतिनिधि, बाहिरबाट आउने दबाब आदिले आउनेलाई रोक्न सकिएन ।’ कोरोना कहाँबाट, को बाट सर्यो भनेर पनि ट्रेसिङ गर्न अझै नसकिएको प्रधानमन्त्री ओलीले बताउँनभयो ।
लडकडाउनको परिपालना गरेमात्र कोरोनालाई रोक्न सकिने उहाँले बताउनु भयो । ‘विश्वको अध्ययनले त्यही देखाएको छऽ त्यसैले कोरोना देखापरेदेखि नेपालले यो कुरामा ध्यान दिएको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।
