काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको बताउनु भएको छ ।
नीति तथा कार्यक्रम उपर प्रतिनिधि सभामा भएको छलफलपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतबाट आएको कोरोना भाइरस अन्य देशबाट आएको भन्दा कडा भएको बताउनु भएको हो ।
चीनको वुहानबाट आएको भाइरस केही नरम देखिएको प्रधानमन्त्रीले बताउनुभयो ।
त्यसैगरी इटलीबाट नेपाल आएको भाइरस पनि अलि नरम भएको बताउँदै प्रधानमन्त्री ओलीले दुबईबाट आएको भाइरस पनि अलि नरम भएको बताउनुभयो ।
प्रधानमन्त्रीको भनाइको अर्थ के थियो भने उहान, इटली, दुबईबाट आएका संक्रमितहरुमा देखिएको भाइरस कडा थिएन । उहाँले भन्नुभयो– ‘तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’
