काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे ।
यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरेेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियाे । नीति तथा कार्यक्रमबारे सदनमा छलफल भएकाे थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएकाे प्रस्ताव बैकबाट बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि सांसद् अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
सो कार्यक्रमलाई आजै प्रतिनिधि सभाले पारित गरेको थियो । पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।
बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो ।
