काठमाडाैं । संघीय संसद्काे लाेगाेमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितकाे नेपालकाे नयाँ नक्सा राखिएकाे छ ।
मंगलबार बिहान ११ बजे बसेको राष्ट्रिय सभा बैठकमा नयाँ नक्सासहितको लोगो राखिएको हाे ।
साेमबार दिउँसाे बस्ने प्रतिनिधि सभा बैठकमा नयाँ नक्सासहितकाे लोगो लागिएको छ । दुवै सदनका सांसद्हरुलाई साेही लोगो प्रतिस्थापन गरेर वितरण गरिएको छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितकाे नयाँ नक्सा जारी गरेकाे छ । संघीय संसद्को लाेगाेभित्र यसअघि राखिएकाे पुरानाे नक्सा हटाएर नयाँ नक्सा राखिएकाे हाे ।
