काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेट कारोना रोकथाम र तत्काल प्रतिफल हुने योजनामा केन्द्रित हुने भएको छ ।
संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताउनु भएको हो । कोरोना लगाय सबै रोगबाट बचाउन स्वास्थ्य सेवा विस्तारलाई आउने वर्षको प्रमुख प्राथमिकता दिइने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
टुटेको उत्पादनलाई पुनस्थापित गर्ने, नागरिकका लागि रोजगारी र सुरक्षा, विकासको शिघ्र प्रतिफल हुने योजनाको कार्यान्वयन पहिलो प्राथमिकतामा रहने पनि उहाँले बताउनुभयो । कोरोना रोकथामको लागि आवश्यक श्रोतको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयाे ।
कोरोना रोकथाम र उपचारका लागि ६ अर्व रुपैयाँ छुट्याएको उहाँले बताउनुभयो । सबै स्वास्थ्यकर्मीलाई ५ लाख रुपैयाँको विमाको व्यवस्था पनि बजेटले गरेको उहाँले जानकारी दिनुभयो । काठमाडौंमा तीन सय शय्याको छुटै अस्पताल स्थापना गर्ने र सबै प्रदेश अस्पतालमा सरुवा रोग अस्पताल स्थापना गरिने उहाँले बताउनुभयाे ।
