काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थतन्त्रमा देखिएको संकुचनको प्रभाव नेपालमा पनि देखिने बताउनु भएको छ ।
संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
कोरोना महामारीका कारण नेपालको विकासमा धक्का लागेको उहाँले बताउनुभयो । नागरिक र राजनीतिक दलको एकताले चुनौतीको सामाना गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कारोनाको संक्रमणलाई लक्षित गरी बजेट बनाएको उहाँले जानकारी दिनुभयो । ‘हामी फेरी उठ्न सक्छौ र छिट्टै उठ्छौं भन्ने विश्वासका साथ बजेट बनाएको छू ’उहाँले भन्नुभयो ।
