काठमाडाैं । अागामी अार्थिक वर्ष आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्याइएको जानकारी दिनुभयाे । गत वर्ष वर्ष भन्दा १२ अर्ब बढी बजेट स्वास्थ्य क्षैत्रका लागि छुट्याइएकाे छ ।
गत वर्ष सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री युवराज खतिवडाले औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएकाे बताउनुभयाे । स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बीमा गर्ने पनि जानकारी दिनुभयाे । स्वास्थ्य बीमामा ७ अर्ब ५० करोड विनियोजन भएको छ ।
सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । मन्त्री खतिवडाले काठमाडौं उपत्यकामा ३ सय शय्याको सरुवा रोग अस्पताल र सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल बनाइने बताउँनुभयाे ।
सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गर्ने पनि अर्थमन्त्रीले बताउँनुभयाे । सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ ।
तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्री खतिवडाले बताउँनुभयाे । साे कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन गरिएको छ ।
यस्तै सरकारले महिला स्वास्थ्य कार्यकर्ताको भत्ता दोब्बर पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताउनुभयाे ।
