काठमाडौं । कोराना प्रभावितका लागि सरकाले विशेष कार्यक्रम ल्याएको छ ।
सरकारले काेराेना प्रभावितका लागि राहतका विभिन्न कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावित असंगठित श्रमिकलाई न्युनतम पारिश्रमिकको एक चौथाई रकम खाद्यान्न राहात स्वरुप प्रदान गर्ने गरी बजेट ल्याइएको जानकारी दिनुभयो ।
मासिक १० युनिटसम्म विद्युत खपत गर्नेलाई विद्युत महशुल मिनाहा गरिनेछ । साे भन्दा बढी विद्युत प्रयोग गर्नलाई समेत छुटको व्यस्था गरिएको छ । सिँचाई, खानेपानी लगायत क्षेत्रमा समेत विद्युतमा छुटको सरकारले व्यवस्था गरेको छ ।
कोरोनाबाट प्रभावित कृषि, घरेलु तथा साना उद्योगलाई ५ प्रतिशतसम्मको ब्याजमा ऋण प्रदान गरिनेछ। विदेशमा स्वास्थ्य जोखिममा परेका र रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन समेत सरकाले बजेट विनियोजन गरेको छ ।
संगठित मजदूरको रोजगार कोषमा रोजगारदाताले जम्मा गर्न रकम सरकारले व्यहोर्ने भएको छ । कोरानोका कारण संकटमा परेका सञ्चार तथा उद्योगलाई नविकरणमा छुट दिने समेत उहाँले बताउनुभयाे ।
