काठमाडौं । महिला बालबालिका, जेष्ठ नागरिक र अपांगता भएकाको संरक्षणको लागि सरकारले उल्लेख्य बजेट विनियोजन गरेको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताउनु भएको हो । अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरीलाई हवाई उद्दार गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।
जेष्ठ, अशक्त र असहाय नागरिकका लागि सरकारले निशुल्क उपचारको व्यवस्था गर्ने गरी बजेट ल्याएको छ । सरकारले सबै तहमा लैंगिक उत्तदायी बजेट निर्माण गर्ने भएको छ ।
नेपाललाई सडक बालबालिका मुक्त देश निर्माण गर्ने सरकारको कार्यक्रम आएको छ ।
सबै प्रकारका अपांगता भएकाहरुका लागि विशेष व्यवस्था मिलाउने सरकारको कार्यक्रम छ । यस कार्यका लागि महिला तथा बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको लागि १ अर्ब १४ करोड रुपैयाँ बिनियोजन गरिएको उहाँले बताउनुभयो ।
