काठमाडाैं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष ०७७-७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताउनु भएको हो ।
सरकारले गत वर्ष भन्दा खेलकुदमा कम बजेट विनियाेजन गरेकाे छ ।
सरकारले आगामी आर्थिक वर्षमा युवा परिचालन, युवामा उद्यमशीलता विकास गर्न र विपद् व्यवस्थामा पनि युवालाई परिचालन गर्न बजेट छुट्याएको छ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुद पूर्वाधारको निर्माण, प्रतियोगिताको आयोजना र प्रशिक्षण कार्यक्रम चलाउने बजेटमा उल्लेख छ ।
