काठमाडौं । सरकारले उज्यालाे नेपाल र फुसको छानारहित घरको परिकल्पना गरेको छ ।
यसका लागि आगामी दुई वर्षभित्र सबै घरमा नविकरणीय उर्जा पुर्याइ उज्यालो नेपाल घोषणा गरिने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिनुभयाे ।
तराईमा थप ५० हजार गोवर ग्यास जडान गरी वैकल्पिक उर्जाको विकास गर्ने सरकारले योजना ल्याएको छ । वैकल्पिक उर्जाका लागि ४ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।
विद्युत खपत गर्ने उद्योग र विद्युतको घरायसी प्रयोगलाई प्रवर्द्धन गर्न सरकारले महशुलमा छुट दिने योजना ल्याएको अर्थमन्त्रीले जानकारी दिनुभयो । फुसका छानो भएका घर हटाई सुरक्षित घर निर्माणका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
