काठमाडौं । सरकारले निर्माणाधिन मध्यपहाडी लोकमार्गको निर्माण तीन वर्षभित्र पूरा गर्ने लक्ष लिएको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिनुभएकाे हाे ।
सो सडक निर्माणका लागि यस वर्ष ८ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । यसैगरी उत्तरदक्षिण सडक, मदनभणडरी सडक, कर्णाली लोकमार्ग लगायतका सडक निर्माणको लागि पनि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
काठमाडाैंका विभिन्न ठाउँमा अण्डरग्राउण्ड पास तथा विभिन्न सुरुङ मार्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी आगामी वर्ष सबै जिल्ला सदरमुकामसम्म सडक मार्ग पुर्याउने गरी काम गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यसैगरी ५ अर्ब २ करोड विनियोजन गरि निर्माणाधिन झोलुंगेपुलको निर्माण सम्पन्न गरी देशलाई पूर्ण रुपमा तुइनमक्त बनाइने उहाँले बताउनुभयो ।
