काठमाडाैं । काेराेना विरुद्ध लडिरहेकाे सरकारले आर्थिक वर्ष ०७७-०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएकाे बजेट मध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ छ । पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन गरिएकाे छ ।
सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने लक्ष्य राखेकाे छ । सरकारले वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउनेछ । वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने बताइएकाे छ । यस्तै २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइनेछ ।
सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।
