काठमाडौं । सांसद् शान्ता चौधरीले रुकुम घट्ना अपराधजन्य भएको भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएकाे छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् चौधरीले रुकुमको घट्ना निकै कहालीलाग्दो र दर्दनाक भएको बताउनुभयाे ।
‘प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध होइन । प्रेममा जातको प्रश्न उठ्दैन’ उहाँले भन्नुभयो –‘जातीय रुपमा कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न सकिँदैन् ।’
प्रेमकै कारण मृत्युको अवस्थामा पुराउनु खेदजन्य भएको भन्दै उहाँले जातीय प्रश्न उठाउनु झनै निन्दनीय रहेको बताउनुभयाे । हाम्रो समाजमा रहेका कलीला किशोर र किशोरीहरुलाई विवाह गर्ने उमेर र प्रेमको सवालमा सचेत गराउनु आवश्यक रहेको उहाँको भनाई छ ।
शारिरीक विकास पनि नहुँदै र जीवन के हो भन्ने समेत नचिन्दै विवाहको बारेमा गरिने निर्णयले धेरै दुर्घटना भएका कारण पाठ्यक्रममा यो विषय राख्न जरुरी रहेको उहाँले बताउनुभयो ।
