काठमाडौं । कांग्रेस सांसद् प्रकाशमान सिंहले कोरोनाको प्रभाव सरकरले सोँचे भन्दा बढी पर्ने बताउनु भएको छ ।
कोरोना प्रभावलाई सरकारले सामान्य रुपमा लिएको उहाँकाे भनाइ थियाे । प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्यय अनुमानमाथिको छलफलमा बोल्दै सिंहले सो कुरा बताउनु भएको हो ।
‘बजेट बक्तव्यले सरकार कोरोना नियन्त्रणप्रति गम्भिर देखिएन’ सिंहले भन्नुभयो ।
अन्तरदेशीय विद्युत विस्तारको कुरा बजेटमा राखिएको भए पनि त्यसको काम अघि नबढाउने सत्तारुढ दलको निर्णयले बजेट बक्तब्य फितलो रहेको उहाँले बताउनुभयो ।
