काठमाडाैं । सांसद् विद्या भट्टराईले लकडाउनमा सुत्केरी र गर्भवतीहरु स्वास्थ्य सेवाबाट वञ्चित भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।
प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्लै उहाँले यस अवधिमा ५६ जना सुत्केरीको निधन भएको र ६० हजार भन्दा बढी गर्भवति महिलाहरु स्वास्थ्य सेवाबाट वञ्चित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे ।
असुरक्षित गर्भपतनका कारण रक्तश्राव भइ महिलाहरुको ज्यान गएकाे बताउँदै उहाँले भन्नुभयाे- 'अाधारभुत स्वास्थ्य सेवा र प्रजनन स्वाथ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गर्दै असहज अवस्थामा पनि सेवा प्रदान गर्न म सरकारको ध्यानाकर्षण गराउँछु ।'
सांसद विन्दा पाण्डेले लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुने महिलाको संख्या १० प्रतिशत भन्दा कम भएको बताउनुभयाे ।
बालिकाहरुमाथिको हिंसा बढेको बताउँदै उहाँले चैतमा सम्म ५३ जना सुत्केरीको निधन भएको बताउनुभयाे । महिलाहरुले क्वारेन्टिनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको भन्दै अावश्यक व्यवस्था गर्न अपिल गर्नुभयाे । लैंगिङ हिंसा डरलाग्दो गरी बढेको भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गर्नुभयाे ।
