काठमाडौं । सांसद् प्रेम सुवालले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय यातायातलाई निरुत्साहित गरी पेट्रोल र डिजलका गाडीलाई प्राेत्साहन गरिएकोमा आपत्ती जनाउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्यय अनुमानमाथिको छलफलमा बोल्दै उहाँले भन्नुभयो - ‘विद्युतीय यातायातलाई निरुत्सान गर्नु त विश्व मान्यता विपरित भयो ।’
नेपालको पूरा क्षेत्रफलसहितको मानचित्र सार्वजनिक गरेर राष्ट्रसंघमा पठाउन समेत उहाँले आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिको केही काम नभएकाले त्यसलाई खारेज गर्न समेत सुवालले माग गर्नुभयो ।
