काठमाडौं । सांसद् बालकृष्ण खाँडले असामन्य अवस्थामा सामान्य बजेट आएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्यय अनुमान माथिको छलफलमा सांसद खाँडले सरकारको राजश्वले चालु खर्चलाई नै थेग्न नसक्ने अवस्था भएको बताउनु भयो ।
विदेशी दाता नै थला परेको अवस्थामा विदेशी ऋण र अनुदानबाट विकास गर्ने कुरा सहज नभएको उहाँकाे भनाइ छ । ‘सरकारले जे गर्न सक्ने हो त्यही मात्र गर्छु भन्नुपर्यो’, खाँडले भन्नुभयो ।
कालापानी कागजमा मात्र हैन व्यवहारमै नेपालको भूभागमा आउनु पर्ने उहाँले बताउनुभयो । त्यसको लागि त्यहाँसम्म पुग्ने सडक लगायतका पूर्वाधार निर्माणको लागि सरकारको बजेटले बोल्नु पर्ने उहाँले बताउनुभयो ।
‘हामी कालापानी नेपालको भूमि हो भन्ने कुरामा प्रतिवद्ध छौँ, संसदमा सरकारको प्रस्तावको पक्षमा मतदान पनि गर्छाै तर सरकाले कालापानीलाई व्यवहारिक रुपमा आफ्नो बनाउनु पर्यो’, उहाँले भन्नुभयो ।
