काठमाडौं । संसद् मातृका यादव नेपालको समाजवाद उन्मुख व्यवस्थामा नै अलपमल भएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सांसद् यादवले समाजवाद उन्मुख व्यवस्थामा अल्मलिएको बताउनुभयो ।
‘समाजवाद उन्मुख व्यवस्था भनेका छौँ तर समाजवाद कस्तो हो, छलफल गरौँ, वहस गरौँ यादवले भन्नुभयो । ‘भन्ने संघियता र लोकतन्त्र दिमागमा राख्ने अर्कै, अनि कहाँबाट सोँचेको परिणाम आउँछ’, यादवको भनाई थियो ।
नेपालमा बजेट ल्याउँदा प्रतिपक्षमा रहनेले सँधै विरोध गर्ने परम्परा विकास भएको यादवको गुनासो थियो । कसकाे पालामा के के भयाे भनेर समीक्षा गर्नुपर्ने समेत उहाँले सुझाव दिनुभयाे ।
विलासिताका सामानमा कर बढाउन र श्वास्थ्य शिक्षा र रोजगारीमा प्रोत्साहन दिन उहाँले आग्रह गर्नुभयो ।
