काठमाडौं । सांसद् बिमला राई पौडेले राहत वितरणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभामा आगामी वर्षको बजेटमाथिको छलफलमा भाग लिदैँ उहाँले संघीय सरकालाई गाली गर्नुभन्दा स्थानीय तहलाई जिम्मेवार बनाउनु जरुरी रहेको बताउनुभयाे ।
राहत र पुनरुत्थानका लागि व्यापक बजेट छ्ट्याइ पनि सप्तरीमा सदा र कीर्तिपुरमा तामाङ किन मरे भन्दै उहाँले प्रश्न गर्नुभयो । संघीय सरकारले स्थानीय तहमा प्रशस्त रुपमा बजेट विनियोजन गरेतापनि राहत वितरण कार्यमा स्थानीय तह चुकेको उहाँको भनाई छ ।
राहत प्रणाली सहज हुन नसकेको कारणले गर्दा राहतमा सर्वसाधारणको पहुँच पुग्न नसकेको उहाँले बताउनुभयो ।
समग्रमा बजेट एकदमै सन्तुलित भएको आएको उहाँले बताउनुभएको छ ।
