काठमाडौं । सांसद् टेकबहादुर बस्नेतले बाँकेको राप्तीसोनारीमा भएको गाडी दुर्घटमा घाइते भएकाहरुको उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले दुर्घटनाका घाइतेहरुको उचित उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । घाइतेहरुलाई नेपालगञ्जको अस्पतालले उपचारमा आनाकानी गरेको कुरा आएको भन्दै उहाँले विपदमा अमावीय व्यवहार नगर्न अपिल गर्नुभयो ।
भारतबाट फर्किएका नागरिक लिएर नेपालगञ्जबाट सल्यानजाँदै गरेको ना.५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी–२ मा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा १२ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा २२ जना घाइते भएका हुन् ।
