काठमाडौं । सांसद् चाँद ताराकुमारीले भारतमा रहेका नेपाली माथि भारतीय पक्षले क्रुर र अपमानजनक व्यवहार गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद चाँदले कोरोना फैल्याएको भन्दै नेपालीलाई भारतीय जेलमा थुनेर राखिएको बताउनुभयो । ‘जमातीमा जानुभएका पर्साका चार जना नेपाली मुस्लिम धर्मगुरुहरुलाई भारतमा कोरोना फैल्याएको भन्दै क्वोन्टाइनको नाममा हरियाणा सेन्टर जेलमा राखिएको छ’, उहाँले भन्नुभयो ।
रौतहट, बारा लगायत जिल्लाका १३ जना विद्यार्थीलाई दिल्लीको नुरैनास्थिति एउटा अपार्टमेन्टमा कोरोना नेगेटिभ देखिँदा समेत ६५ दिनदेखि बन्दि बनाएर राखिएको उहाँले सदनमा जानकारी दिनुभयो ।
उनीहरुको नेपाली नागरिकताको प्रमााणपत्र समेत खोसी अब जान पाउँछौ भन्ने आश्वासन दिएर मुद्दा चलाउन लागिएको उहाँले बताउनुभयो ।
भारतबाट निरन्तर नेपालमा कोरोना भित्री रहेपनि भारतमा रहेका नेपालीलाई कोरोना ल्याएको भन्दै भारतीय पक्षले दुर्व्यवहार गरेको चाँदले बताउनुभयो । यसले भारतको नियत ठिक नदेखिएको समेत चाँदले बताउनुभयो ।
