काठमाडौं । सांसद् देवन्द्र राज कँडेलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गर्नु भएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् कँडेलले ५ वर्ष मुनिका बालिकालाई वलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताउनुभयो ।लकडाउनका बेला महिला हिंसाका घटना बढेको पनि उहाँले बताउनुभयो ।
भर्खरै मात्र ५ वर्ष मुनिकी एक बालिकाको वलात्कार भएको घटना स्मरण गराउँदै उहाँले ५ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन माग गर्नुभयो ।
‘भारतमा पनि यस्तो कानुन छ, नेपालमा पनि त्यो कानुन ल्याउनु पर्याे’, उहाँले भन्नुभयो । सरकारलाई यस्तो कानुन ल्याउन आग्रह गर्दै यसमा प्रतिपक्षले पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
