काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले ट्रकमा झुण्डिएर आउने नेपालीलाई बचाउनु अहिलेको प्राथमिकता भएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् सिंहले भन्नुभयो, ‘प्लेटनबाट आउनेलाई मात्र कार्पेट ओछ्याउने हैन, ट्रकमा झुण्डिएर आउने नेपालीको सम्मान गरौँ, विदेशबाट फर्कनेलाई रोजगारीको व्यवस्था गर्न योजना बनाऔँ ।’
सिंहले खाद्य संकट नेपालको लागि पहिलो चुनौती भएकोले त्यस प्रति सचेत हुन आग्रह गर्नुभएकाे छ ।
भण्डारण क्षमता नभएकोले किसानले उत्पादन गरेको तरकारी खेर गएको बताउँदै सिंहले सरकारको बजेटमा चिस्यान केन्द्र बनाउने विषयले प्राथमिकता नपाएको बताउनुभयो ।
किसानलाई प्रोत्साहित गर्न आग्रह गर्दै सिंहले भन्नुभयो, ‘पानी, मल बिउको व्यवस्था गरौँ, किसनाले आफै काम गर्छ, मल असारमा चाहिन्छ, भदौमा दिएर काम छैन ।’
सिंहले चकलेटमा हैन कृषिका औजार, मल बिउ र कृषि उपकरणमा कर घटनाउन सरकारलाई आग्रह गर्नुभएकाे छ ।
