काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सदनका कारबाहीमा भाग लिँदा शिष्ट रुपमा प्रस्तुत हुन सांसद्हरुलाई रुलिङ गर्नुभएकाे छ ।
सदनमा सांसद्हरु एकअर्काबीच अाराेप प्रत्याराेपमा उत्रिएपछि सभामुख सापकाेटाले दाेस्राे पटक रुलिङ गर्नुभएकाे हाे ।
अाइतबार प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांस् चन्दा चाैधरीले 'नेपालको संसद्मा भारतीय चेलीको दादागिरी' शब्द रेकर्डबाट अझै नहटाइएकाे बताउनुभयाे । चाैधरीले साे रेकर्हड टाउन माग गरेपछि सभामुखले साे विषयमा प्रवेश गर्न राेक लगाउनुभयाे ।
गत १९ जेठकाे बैठकमा नेकपा सांसद् गंगा चौधरीले साे कुरा बोल्नुभएकाे थियाे ।
साे विषयमा यसअघि नै रुलिङ गरिसकेकाे बताउँदै सभामुख अाराेप प्रत्याराेप नगर्न अपिल गर्नुभयाे । तर, सभामुख सापकाेटाकाे अाग्रह विपरित चन्दाले पटक पटक साेही विषय उठाउनुभयाे । सदनमा अरु सांसद्ले समेत हिन्दी बाेलेकाे बताउँदै चाैधरीले हिन्दी बाेल्दैमा भारतीय नभइने भन्दै बाेलीरहनुभयाे ।
निकै महत्वपूर्ण समयमा सदन चलिरहेकाे बताउँदै सभामुख सापकाेटाले अाराेप प्रत्याराेप नगर्न रुलिङ गर्नुभयाे । उहाँले भन्नुभयाे - ‘हामीले सबैको वुद्धि विवेक लगाएर जोखिमपूर्ण समयमा पनि सदन चलाएका छौँ, शक्तिशाली सन्देश दिन सफलता तिर जान लागेको बेला आरोप प्रत्यरोपमा नलागौँ ।’
नियमावलीको नियम २१ (ङ) अनुसार ध्यानाकर्षण गराउँदै सभामुख सापकाेटाले यसअघिका अभिव्यक्तिको कार्य व्यवस्था परामर्श समितिबाट विवरण लिएर छलफल गर्ने बताउँनुभयाे ।
जारी सदनमा राष्ट्रिय महत्वका धेरै विषय टुंग्याउन बाँकी रहेकाे भन्दै सभामुख सापकाेटाले नियमावलीकाे पालना गर्न अपिल समेत गर्नुभयाे ।
यस्ताे छ नियम:
