काठमाडाैं । कांग्रेस सांसद् प्रकाशमान सिंहले राष्टिय हितको पक्षमा प्रतिपक्षी सधै सरकारकाे साथमा रहेकाे बताउनु भएकाे छ ।
अाइतबार प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् सिंहले भन्नुभयाे - ‘राष्टिय हितको पक्षमा सरकारलाई सधै प्रतिपक्षीको सहयोग हुन्छ’ - उहाँले भन्नुभयो ।
सरकार कसरी अघि बढ्ने भन्ने कुरामा समेत अस्पष्ट रहेको उहाँले आरोप लगाउनुभयो । प्रतिपक्षीले सहयोग गर्दा गर्दै पनि सरकारले राम्रोसंग काम गर्न नसकेको उहाँकाे भनाइ छ ।
सिंहदरवारको अधिकार प्रदेश र गाउँगाउँमा पुग्न नसकेको बताउनुभयाे । उहाँले भन्नुभयाे - ‘स्थानीय सरकारमा दिनुपर्ने अधिकार आवश्यक कानुन समयमै नबन्दा तलसम्म पुग्न सनेन ।’ सरकारले यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने सिंहको भनाई छ ।
राज्यका संयन्त्रलाई केन्द्रिकृत नगरी स्थानीय तहमा पुर्याउन र विकेन्द्रित गर्न उहाँले आग्रह गर्नुभयो । ‘प्रधानमन्त्रीले सबै शक्ति आफूमा केन्द्रित गर्दा संयन्त्रहरुले राम्रोसँग काम गर्न सकेनन्’ - सिंहले भन्नुभयो ।
