काठमाडौं । कांग्रेस सांसद् देवेन्द्रराज कँडेलले विद्युतीय सवारी साधनमा कर बढाएर सरकारले जनताप्रति राजनीतिक बेइमानी गरेकाे अाराेप लगाउनु भएकाे छ ।
अाइतबार प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् कँडेलले विद्युतीय सवारी साधानमा सरकारले आयात कर बढाएको भन्दै विराेध गर्नुभएकाे हाे ।
सरकारको निर्णयले वातावरण विनाश हुने बताउँदै उहाँले भन्नुभयाे - ‘यो निर्णय वातावरण संरक्षणका हिसाबले प्रतिगमनकारी छ, तीन वर्षभित्र काठमाडौंमा विद्युतीय गाडी चलाउने चुनावी घोषणापत्र जारी गरेकाे नेकपाले कर बढाएर मतदाताप्रति राजनीतिक बेइमानी गर्याे ।’
सांसद् कँडेलले विद्युतीय गाडीमा बढाएकाे कर फिर्ता गर्न माग गर्नुभयाे । विद्युत उत्पादन बढिरहेका बेला विद्युतीय गाडीलाई निरुत्साहित गर्नु उत्पादित विद्युत खपत नगर्ने नीति लिएकाे उहाँकाे भनाइ छ ।
