काठमाडौं । प्रतिनिधि सभा सदस्य नवराज सिलवालले कोभिड-१९ पछाडी कानुनी शासनको चुनौती प्रमुख चुनौती हुने बताउनुभएको छ ।
संसद्को आइतबारको बैठकमा बोल्दै सांसद् सिलवालले कोरोनापछि अपराधका घटना निक्कै बढ्ने चेतावनी दिनुभयो । विश्व अनुभवले यही बताएको उहाँको भनाई छ ।
‘विदेशबाट आउने युवालाई बेलैमा व्यवस्थापन गर्न सकेनौँ भने आपराधिक घटना बढ्न सक्छन्', सिलवलाले भन्नुभयो ।
महामारी पछाडी ठूला ठूला योजना सञ्चालन गर्न सकिएन भने अवस्था जटिल बन्ने उहाँले बताउनुभयो । बजेटमा ठूला खालका योजना ल्याएर धेरै मानिसलाई रोजगारी दिने कुरामा ध्यान दिन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
‘बाहिर रहेका १५⁄२० लाख युवा स्वदेश ल्याउँदै छौं, उनीहरुलाई कसरी व्यस्त बनाउने ?’, उहाँले प्रश्न गर्नुभयो ।
सीमा विवादको विषयमा भारतसँग तथ्य र तर्कको आधारमा वहस गर्न सक्ने टिम बनाउन पनि उहाँले सुझाव दिनुभएकाे छ ।
