काठमाडाैं । रुकुम पश्चिम घटना छानविनका लागि संसदीय विशेष समिति गठन भएकाे छ ।
सांसद् देवेन्द्र पाैडेलकाे संयाेजकत्वमा ९ सदस्यीय समिति गठन भएकाे हाे । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले समिति गठनबारे जानकारी दिनुभएकाे हाे ।
समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।
साे घटनामा ६ जनाकाे निधन भएकाे छ । केही घाइते छन् । गृह मन्त्रालयले बनाएकाे समिति मान्य नहुने भन्दै सांसद्हरुले दलित सांसद्हरुकाे प्रतिनिधित्व हुने गरी समिति गठन गर्न माग गरेका थिए ।
