काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ संघीय संसद्ले अघि बढाउँदैछ ।
संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि प्रतिनिधि सभामा याे विधेयक पेस भइसकेकाे छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएकाे नक्सा निशान छापमा राख्न सरकारले संविधान संशाेधन विधेयक पेस गरेकाे हाे ।
अाज बस्ने प्रतिनिधि सभामा याे विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ । बैठकमा 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक ०७७ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेस गर्नुहुनेछ ।
जेठ १८ गते बसेकाे प्रतिनिधि सभा बैठकमा मन्त्री तुम्बाहाङफेले साे विधेयक पेस गर्नुभएकाे थियाे । अाज भने साे विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस हुनेछ । प्रस्ताव स्वीकृत भएपछि विधेयकमाथि सैद्धान्तिक छलफल थालिनेछ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भूभाग समेटिएको नक्साअनुसार निशान छाप परिमार्जन गर्न ९ जेठमा सो विधेयक दर्ता गरेको थियो । विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निशान छापमा सो नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
सरकारले संविधान संशाेधन विधेयक पेस गरेपछि संघीय संसद्मा ४ वटा गैरसरकारी विधेयक दर्ता भएका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त,कांग्रेस, जनमाेर्चा र नेमकिपाले संशाेधन विधेयक दर्ता गराएका हुन् ।
अाजकाे बैठकमा सरकारले ल्याएकाे बजेमाथि मन्त्रालयगत छलफल जारी रहनेछ ।
प्रतिनिधि सभामा पेस भयाे संविधान संशोधन विधेयक
यस्ताे छ कार्यसूची:
