काठमाडौं । राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले सीमा अतिक्रमण विरुद्ध अभिव्यक्ति दिने सांसद्लाई कारवाहीको माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा मंगलबारको शून्य समयमा बोल्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा छैन्, हाम्रो होइन भन्ने सांसद्लाई कारवाही गर्न माग गर्नुभयो ।
राष्ट्रिय सभामा सांसद् सरिता गिरीतर्फ संकेत गर्दै प्रश्न गर्नुभयो– ‘नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, यस्तो प्रावधान नेपालको संविधानको कुन चाहिँ धारामा छ र ?’
पछिल्लो समय प्रतिनिधि सभामा सीमाबारे आफ्नो अभिव्यक्ति राखेकी प्रतिनिधि सभा सदस्य सरिता गिरीको यत्रतत्र विरोध भइरहेको छ । भारतको पक्षमा अभिव्यक्ति दिएको भन्दै सांसद्हरुले उहाँको आलोचना गर्दै आएका छन् ।
तर, आफूले नेपालको सीमा विवाद समाधान गर्न भारत र चीन दुवै देशसँग छलफल गरेर अघि बढ्नुपर्ने मात्र धारणा राखेको गिरीको भनाई छ ।
