काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपाल भट्टाराईले रुपन्देही हत्याकाण्डको यथासिघ्र छानविन गर्न माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले रुपन्देही हत्याकाण्डको निष्पक्ष छानविन गर्न गृहमन्त्रालयको ध्यानआकर्षण गराउनुभएको हो ।
उहाँले मृतकको प्रकृति हेर्दा एकै चिहान हुने गरी एक जनाले मात्र कसरी हत्या गरियो भन्ने आशंका पैदा भएको हुँदा तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।
त्यस्तै उहाँले प्रदेश २, प्रदेश ५ र सदुरपश्चिम प्रदेशमा कोरोना ज्याद फैलिएको हुँदा ति प्रदेशमा विशेष ध्यान जाओस् भन्दै स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण गर्नुभएको छ । उहाँले ति प्रदेशहरुमा जनशक्ति बढाउने, औषधीको दायरा बढाउने तथा क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।
