काठमाडाैं । राष्ट्रिय जनता पार्टीका सांसद् लक्ष्मण लाल कर्णले संविधान संशोधन प्रस्तावको पक्षमा रहेकाे बताउनु भएकाे छ ।
संविधान संशाेधन विधेयकमाथिकाे छलफलमा भाग लिँदै उहाँले भन्नुभयाे - 'प्रधानमन्त्री केपी शर्मा अाेलीले कूटनीतिक माध्यमबाट समस्या समाधान हुन्छ भन्नु भएको छ, सरकार यसमा अगाडि बढाेस् हामी यसकाे समर्थन गर्छाैं।'
राष्ट्रियताको विषयमा आफूहरुमाथि शंका नगर्न अाग्रह गर्दै कर्णले भन्नुभयाे - 'हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्छु, नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन, म मात्रै राष्ट्रवादी हूँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुस् ।'
उहाँले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू भागसंग सम्बन्धीत विषय भएकाले संविधानको धारा ४ को क र ख लाई हेर्नु पनि अनुराेध गर्नुभयाे ।
भूमि फिर्ता गर्न सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै उहाँले अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिनुभयो ।
संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई नयाँ नक्साअनुसार मिलाउन सरकारले संविधान संशोधन विधेयक ल्याएकाे छ ।
